शुक्रबार, बैशाख ४,२०८३ 04:45:56
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:45:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजावादीले क्षतिविक्षत बनाइदिए रोयल ब्याङ्केट(फोटो फिचर)

Bizshala
राजावादीले क्षतिविक्षत बनाइदिए रोयल ब्याङ्केट(फोटो फिचर)
Shivam Cement

काठमाण्डौ । राजावादी प्रदर्शनकारीहरुको ढुंगामूडा प्रहार तथा सुरक्षाकर्मीसँगको दोहोरो झडपका कारण तीनकुनेस्थित रोयल ब्याङ्केट  क्षतविक्षत भएको छ ।  

शुक्रबार राजावादीहरुले काठमाण्डौको तीनकुनेमा प्रदर्शनको कार्यक्रम राखेका थिए । प्रदर्शन सुरु नहुँदै प्रहरीले तोकेको निषेधित क्षेत्र, बानेश्वरतर्फ भीड अगाडि बढ्न खोजेपछि झडप भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेका थिए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रहरीले समेत दर्जनौ सेल टियर ग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । दिनभरजसो नै तनावपूर्ण बनेको तीनकुने क्षेत्रमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली पनि चलाउनु परेको थियो । गोली लागेर केही प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ ।  

सो क्रममा प्रदर्शनकारीहरु उग्र बनेर तीनकुने क्षेत्रका व्यक्तिका निजी घर, व्यवसायिक भवन तथा होटल र रेष्टुराहरुमा समेत जथाभावी तोडफोड गरेको थियो । यही क्रममा प्रदर्शनकारीहरुले रोयल ब्याङ्केटमा पनि तोडफोड गरेका हुन् ।

 

CG Motors
Garima Development Bank
IME remit

तोडफोडबाट सो ब्याङ्केटको अगाडिपट्टिको रेष्टुरेन्ट क्षतविक्षत भएको छ । कर्मचारीहरुको भागभाग भएको छ भने भित्र रहेका कफी मेसिन, फ्रीज, टेबल कुर्सीहरुमा समेत क्षति पुगेको छ ।

  

घटनापछि हाम्रा संवाददाता त्यहाँ पुग्दा रोयल ब्याङ्केटको दृश्य कुनै संग्रामस्थलको जस्तो देखिन्थ्यो ।  

सोही ब्याङ्केटछेउकै निजी घरमा समेत प्रदर्शनको क्रममा आगलागी भएको थियो । अन्य छेउछाउका घरहरुको सिसा समेत प्रदर्शनकारी फुटाइदिएका थिए ।  

उनीहरुले सोही लाइनमा रहेको अन्नपूर्णपोष्टको कार्यालयमा समेत तोडफोड गरी आगजनीको प्रयास गरेका थिए ।

  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.