मंगलवार, आश्विन १३,२०८३ 07:09:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:09:06
Bizshala
Global IME Bank Limited

एलआईसी नेपालद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?

Bizshala
एलआईसी नेपालद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?
New Office

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०८०÷८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले मुनाफामा सरिक हुनेगरी यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ।    

कम्पनीले जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ । 

सावधिक बीमालेख अन्तर्गत कम्पनीले ५ देखि ९ वर्षे अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६१ रुपैयाँ, ३५ देखि ४४ वर्षका लागि ६३ रुपैयाँ र ४५ वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ दिने भएको छ ।  

जीवन आनन्द बीमा योजना अन्तर्गत कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै बाल सावधिक बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ निर्धारण गरिएको छ ।  

कम्पनीले धन वृष्टि जीवन बीमालेख अन्तर्गत १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ।  

कम्पनीले धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ।  

बाल ममता र बाल स्नेह जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ र १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।  

यस्तै कम्पनीले जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले न्यू जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले जीवन बचत बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथि वर्षका लागि ६३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।  

यसैगरी जीवन लाभ बीमालेख अन्तर्गत १० वर्ष अवधिका लागि ५१ रुपैयाँ,१५ वर्षका लागि ५३ रुपैयाँ,२० वर्षका लागि ५५ रुपैयाँ र २५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।  

बाल समृद्धि बीमालेखअन्तर्गत १५ वर्षसम्मका लागि ५छ रुपैयाँ र १६ देखि २० वर्षका लागि ५६ रुपैयाँ बोनसदर तोकेको छ ।  

कम्पनीले लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ बोनस तोकेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.