मंगलवार, कार्तिक ३,२०८३ 03:39:02
  • मंगलवार, कार्तिक ३,२०८३ 03:39:02
Global IME Bank Limited

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै

Bizshala
लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै
New Office
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १२ औं साधारण सभा आज आयोजना हुँदैछ । सभा बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय पारित हुनेछ ।
Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
यस्तै, बोनस सेयर जारीपश्चात १ः१.१०७१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र सञ्चालकहरुको मासिक पत्रपत्रिका तथा टेलिफोनको सुविधा रकम वृद्धि गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले गत चैत १५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन सक्नेछन् ।
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.