Bizshala
  • शनिबार, पुष २६,२०८२ 05:05:34
Bizshala
Global IME Bank Limited

यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित

Hyundai Nepal
यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्तापूँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ ।  

कम्पनीले यसअघि  १ः१ को अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने निर्णयलाई संशोधन गरी १ः०.६५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेश गरेको थियो ।

CG Motors
Bizshala
Garima Development Bank

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१  का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रबाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

त्यसै गरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद सेयर जारी तथा निष्कासन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको  प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.