बिहीबार, बैशाख १०,२०८३ 09:23:46
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 09:23:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्लियो

Bizshala
नेपालको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्लियो
Shivam Cement

काठमाण्डौ । काठमाण्डौको ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए। उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी थिए।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओड छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

CG Motors
Garima Development Bank
IME remit

सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए।

कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४ औं स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट पारे ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.