बिहीबार, श्रावण २१,२०८३ 02:39:57
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:39:57
Bizshala
Global IME Bank Limited

बोल्ड ब्ल्याक लुक्स र स्मार्ट फिचर्सका साथ टाटा कर्भभीको डार्क एडिशन लञ्च

बोल्ड ब्ल्याक लुक्स र स्मार्ट फिचर्सका साथ टाटा कर्भभीको डार्क एडिशन लञ्च
New Office

काठमाण्डौ । भारतको प्रमुख अटो निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो चर्चिन एसयुभी ‘टाटा कर्भभी’को डार्क एडिशन लञ्च गरेको छ । कम्पनीले सफारी,नेक्सन र ह्यारियरको रुपमा डार्क एडिशन पोर्टफोलियोलाई बिस्तार गर्दै नयाँ एसयुभी लञ्च गरेको हो ।  

भारतीय बजारमा यसको मूल्य १६.४९ लाख देखि १९.५२ लाख भारु(एक्स शोरुम)सम्म निर्धारण गरिएको छ । यो एसयुभी टाटा कर्भको टप अमम्पलिस्ड भेरियन्टमा बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।  

भारतमा चलिरहेका क्रिकेट प्रतियोगिता‘आईपीएल’को आधिकारिक कार पार्टनर रहकै बेला यो कार लञ्च गरिएको छ । ।यो डार्क एडिशन पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध छ । यसले १.२ बीएचपीको पावर र २२५ न्यूटन मिटरको टार्क जेनेरेट गर्न सक्छ ।  

यसका साथै यो कार १.५ लिटर डिजेलको साथ पनि उपलब्ध छ । जसले ११८ बीएचपीको पावर तथा २६० न्यूटन मिटरको टार्क जेनेरेट गर्न सक्छ । यी इन्जिनहरुलाई ६–स्पिड म्यानुअल तथा ७–स्पिड डुअल–क्लच अटोमेटिक ट्रान्समिशनले जोडिएको छ ।  

नयाँ डार्क एडिशनलाई नियमति मोडलको तुलनामा बोल्ड लुक्समा पेश गरिएको छ । डार्क एडिशनलाई नयाँ कार्बन पेन्टका अलावा बम्पर,ग्रिल तथा १८ इन्च एलोय ह्विल्सको अल ब्ल्याक ट्रिटमेन्ट दिइएको छ । टाटा कर्भमा अघि र पछि पुरै चौडाई भएको एलईडी लाइटबार,व्हील आर्च तथा ढोकाको तल्लो भागको वरीपरी तथा क्ल्याण्डीङ र पछिल्लो बम्परमा सिल्भर फक्स स्किड प्लेट रहेको छ ।  

यसको क्याबिनलाई प्रिमियम बनाइएको छ । भित्रतर्फ कम्पनीले लेदरेट अपहोल्स्ट्री,सेन्टर कन्सोल र रुफ लाइनरमा ब्ल्याक थिमको प्रयोग गरिएको छ । यसमा ९ स्पीकर भएको जेबीएल साउण्ड सिस्टम,वायरलेस चार्जर,प्यारानोमिक सनरुफ,भेन्टिलेटेड फ्रन्ट सिट्स,रिक्लाईनिङ रियर सिट्स,एयर प्युरीफायर र सबै पाङ्ग्राका लागि डिस्क ब्रेक दिइएको छ ।  

यसका साथै १२.३ इन्चको टचस्क्रिन,अमेजन एलेक्सा,एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम सुट तथा जेस्चर टेलगेट कर्भ एक्म्प्लिश्ड प्लस ए भेरियन्टका साथ अतिरिक्त फिचर रहेको छ । यसमा सेफ्टीका लागि ६ वटा एयरब्याग दिइएको छ ।  

टाटा मोटर्सले कर्भका लागि इभी भर्जनको डार्क एडिशन पनि लञ्च गरेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.