काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेसँगै संस्थाको सेयरधनीहरुको हात रित्तो हुने भएको हो ।
वैशाख ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैंठकले आव २०८०/८१ को वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्वन्धित अनुसूचीहरू) स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।