बुधबार, भाद्र २५,२०८२ 08:14:06
  • बुधबार, भाद्र २५,२०८२ 08:14:06
Global IME Bank Limited

गोर्खाज फाइनान्स ६.७१ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ५५.१६ करोडले ऋणात्मक

Hyundai Nepal
गोर्खाज फाइनान्स ६.७१ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ५५.१६ करोडले ऋणात्मक

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ६ करोड २१ लाख रुपैयाँ घाटामा गएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म भने कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि १२.९१ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २३ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी २० करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको खुद सञ्चालन आम्दानी ७ करोड ४९ लाख र सञ्चालन मुनाफा ८ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ ।  

कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १७ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ ५५ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा ९७ करोड २१ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ९५ करोड १४ करोडमा खुम्चिएको छ । कम्पनीको सेयर प्रिमियम शीर्षकमा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ५५ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब १६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.५५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १४८.०१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २४३.४५ रुपैयाँ र तरलता अनुपात ३४.७९ प्रतिशत कायम भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.