शुक्रबार, असार २६,२०८३ 11:21:43
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 11:21:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फाइनान्स कम्पनीले कमाए झण्डै १९ करोड नाफा, पाँच कम्पनी भने अझै घाटामा

Laxmi Sunrise Bank Limited
फाइनान्स कम्पनीले कमाए झण्डै १९ करोड नाफा, पाँच कम्पनी भने अझै घाटामा

काठमाण्डौ । तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा केही सुधारको संकेत देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले २० करोड ४८ लाख रुपैयाँ समग्रमा नाफा आर्जन गरेका थिए ।  

पछिल्लो केही समययता बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा अनुपातका कारण नाफा बृद्धि गर्न समस्या परिरहेको छ । तर वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको पुनर्संरचना र पुनर्तालिकीकरणको सहुलियतका कारण बैंक वित्तीय संस्थाको आम्दानी र नाफामा केही सुधारको संकेत देखिन थालेको छ ।  

पहिलो र दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले घाटा ब्योहोरे पनि तेस्रो त्रैमाससम्म आइपुग्दा समग्रमा फाइनान्सहरु नाफामा उक्लिएका छन् । साथै घाटामा रहेको फाइनान्सहरुले समेत गत आवको तुलनामा नोक्सानी घटाउन सफल भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म अझैपनि पाँचवटा फाइनान्स कम्पनी घाटामा नै छन् । घाटामा ब्यहोर्ने कम्पनीहरुमा समृद्धि फाइनान्स, गुर्खाज फाइनान्स, बेष्ट फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स रहेका छन्  

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ४८६.३१ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले पनि सो अवधिसम्म १७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत आवको तुलनामा १३.३३ प्रतिशत बढी हो  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै प्रोग्रेसिभ फाइनान्सले ९ करोड ४ लाख, पोखरा फाइनान्सले ७ करोड १९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ४ करोड ९१ लाख, गुहेश्वरी फाइनान्सले ३ करोड २४ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ६९ लाख, गुडवील फाइनान्सले १ करोड ५२ लाख र नेपाल फाइनान्सले १७ लाख रुपैयाँ नाफा कमाएको छ  

समिक्षा अवधिसम्ममा पाँच फाइनान्स कम्पनीले मात्रै ४७ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा रिलायन्स फाइनान्स रहेको छ । कम्पनी सो अवधिसम्म १७ करोड ४७ लाख रुपैयाँ घाटामा रहेको छ  ।  

त्यस्तै, जानकी फाइनान्सले १२ करोड ८३ लाख, वेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गोर्खाज फाइनान्सले ६ करोड २१ लाख र समृद्धि फाइनान्सले ३ करोड ५७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.