काठमाण्डौ । नेपालमा भेस्पा र अप्रिलिया दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टू प्रीमियम’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । बैशाख १७ बाट सुरु हुने यस एक्सचेञ्ज अफरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो दुईपांग्रे ल्याएर भेस्पा र अप्रिलियाको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय स्कु्टरसँग एक्सचेञ्ज (सटही) गर्न सकिने कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत, ग्राहकहरूले जुनसुकै ब्रान्ड वा अवस्थाको पुरानो दुईपांग्रे सवारी एक्सचेन्ज गर्दा भेस्पा वा अप्रिलिया साट्दा अतिरिक्त रू. १५ हजारसम्मको मूल्यांकन प्राप्त गर्न सक्छन् भने अन्य ब्रान्डमा रू. १२ हजारसम्मको अतिरिक्त मूल्य प्राप्त गर्न सकिनेछ ।
साथै, नगद खरिदमा ग्राहकहरूले रू. १० हजारको निश्चित नगद छुट र हेलमेट, स्कुटर कभर, र फुट म्याट जस्ता निःशुल्क एसेसोरीहरू प्राप्त गर्नेछन् । यो अफर अन्तर्गत मासिक किस्ता केवल ४.९९ प्रतिशत ब्याजदरबाट सुरु हुने आकर्षक वित्तीय योजना पनि उपलब्ध छ । जुन यस वर्गमा सबैभन्दा कम दर हो । जसले प्रिमियम स्कुटरमा अपग्रेड गर्नु पहिले भन्दा निक्कै सजिलो बनाएको छ ।
यो अफर २०८२ बैशाख १७ देखि २३ गतेसम्म नेपालभर लागू हुने भएकोले उपत्यका बाहिरका सबै भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ। अफर अवधि भरी ग्राहकहरुले विभिन्न सुविधाहरु पनि पाउनेछन् ।
इजी फानान्सिङ्ग, आकर्षक क्यास् डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज् बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंन साथै, ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहारसमेत प्राप्त गर्नेछन् ।