शुक्रबार, बैशाख १२,२०८२ 05:06:16
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 05:06:16
IME remit
Global IME Bank Limited

ओली नेतृत्वको सरकार ढल्ने नेताहरुले नै गर्न थाले संकेत, बैंककमा के पाक्यो ?

Hyundai Nepal
ओली नेतृत्वको सरकार ढल्ने नेताहरुले नै गर्न थाले संकेत, बैंककमा के पाक्यो ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालको राजनीतिक आकाशमा हुन लागेको अदलबदलमा थप ट्वीस्ट वा नाटकीय परिवर्तनहरु आएनन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारका दिनगन्ती सुरु भएका संकेत नेताहरुले नै दिन थालेका छन् ।

पछिल्ला दिनहरुमा प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा एमाले र संसदको तेश्रो ठूलो दल माओवादी केन्द्रका शीर्ष नेताहरुका सार्वजनिक धारणालाई नियाल्ने र विश्लेषण गर्ने हो भने मनमौजी तरिकाले चलिरहेको 'ओली नेतृत्वको सरकारको आयू धेरै दिन छैन' भन्न सकिने प्रशस्त आधारहरु फेला पार्न सकिन्छ ।  

बिहीबार विभिन्न कार्यक्रम तथा बैठकहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले दिएका अभिव्यक्तिहरु 'संयोग' मात्र नहुन सक्छन् । उनीहरु तीनैजना नेताले यस्तो बेलामा सरकार ढल्नै लागेको संकेतलाई बल पुग्ने अभिव्यक्ति दिएका छन्, जतिबेला केपी ओली नेतृत्वको सरकारको आयूको साँचो हातमा बोकेका कांग्रेस सभापति शेरबहादुर देउवाको बैंकक भ्रमण सकिन लागेको छ । देउवा स्वदेश फर्किएलगत्तै बैंककमा पाकेको राजनीतिक खिचडीले कुनै ठोस परिवर्तन ल्याउने चौतर्फी आशंकाहरु भइरहेको बेला तिनै विषयलाई पुष्टि हुने खालका अभिव्यक्ति शीर्ष नेताहरुबाट आउनुलाई सामान्य वा संयोग मात्र मान्न सकिने ठाउँ छैन । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

ओलीको संकेत

प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार लोकतन्त्र दिवसको अवसरमा एमालेका युवा संगठनहरुले काठमाण्डौमा आयोजना गरेका शक्ति प्रदर्शन तथा विशेष समारोहलाई सम्बोधन गर्दै आफ्नो नेतृत्वमा चलिरहेको सरकार कमजोर बनेको प्रष्ट संकेत गरे । यसअघि उनले सरकार नढल्ने र सहमतिअनुसारको समय आएपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भन्दै आएकोमा बिहीबार भने उनले आफ्नो पूर्व अभिव्यक्तिहरुलाई सच्याउँदै नयाँ कुराहरु गरे । जहाँ आफू नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहे पनि आफ्नो दललाई त्यसप्रतिभन्दा पनि २०८४ को चुनावप्रति बढी चिन्ता रहेकोसम्म भन्न भ्याए ।  

काठमाण्डौमा आयोजित 'यूथ सेलिब्रेसन' नामको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको स्पष्ट अडान लिएका कारवण विदेशका दलाल तत्वहरु एमालेविरुद्ध खनिएका आरोप लगाए ।

'हामीले राष्ट्रियताको स्पष्ट अडान लिएका कारण विदेशका दलाल तत्वहरू नेकपा एमाले विरूद्ध खनिएका छन् ।' ओलीले भने-'हाम्रो पार्टीले राख्ने राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले, जनपक्षीयताको कारणले, लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन्। दिनैपिच्छे अनेक प्रकार भ्रम फिँजाउन खोजिरहेका छन्।’  

ओलीले आफ्नो दल 'सरकार बनाऊ वा सरकार बचाऊ' भनेर नकराएको दाबी समेत गरे । अरुबेला सत्ता गठबन्धन जोगिने र अरुले हल्ला गर्दैमा सरकार नढल्ने कुरामा दृढ देखिने ओली बिहीबार भने धर्मराएको अभिव्यक्तिमा सीमित बने । उनले अगाडि भने,’एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन। एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले २०७० को चुनाव भन्यौं। २०७४ को चुनाव भन्यौं। २०७९ को चुनाव भन्यौं। र अब २०८४ को चुनाव भनिरहेका छौं। ढुक्कले मिसन २०८४ मा लाग्नुस्।’

उनले यसरी स्पष्ट रुपमा सरकार ढले पनि मिसन २०८४ मा लाग्न युवाहरुलाई संकेत गरेको धेरैले बुझेका छन् । सरकार ढल्ने सुनिश्चित भइसकेको कुरा बुझेका चतुर ओलीले बेलैदेखि चुनावकेन्द्रीत हुन युवाहरुलाई निर्देशन दिएका हुन् कि भन्ने आशंका समेत छ ।  

गगनको त्यो अभिव्यक्ति

ओली नेतृत्वको सरकाको आयू हातमा बोकेर बसेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापाले त पछिल्लो समय निरन्तर ओली नेतृत्वको सरकारको कार्यशैली र स्वयम् प्रधानमन्त्रीको कार्यशैलीको समेत खुलेरै आलोचना गरिरहेका छन् । ट्याक्टरको गतिमा सरकार हिँडिरहेको भन्दै यो गतिले देशको विकास नहुने र समृद्धि नआउने उनको धारणा रहँदै आएको छ । बिहीबार नै कांग्रेस महामन्त्री थापाले लोकतन्त्र दिवसको अवसरमै काठमाण्डौमा आयोजित कार्यक्रममा भने, ’आधारभूत कुरामा हामी सम्झौता गर्दैनौं भनेर हामीले भन्न सक्नुपर्छ। पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं। सरकारमा बस्ने वा नबस्ने, सरकार नै ठूलो कुरा थियो भने त ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा हामी गएनौं त। महेन्द्र वा वीरेन्द्रले पनि सरकार बनाउँदै गर्दा हाम्रा नेताहरू जानुभएको थिएन।’  

उनले सो क्रममा कांग्रेस अरु दलजस्तो उग्र वा भड्काउ हुन नहुनेमा जोड दिए । उनले सरकार जोगाउने वा सम्हाल्नेभन्दा पनि समाज सम्हाल्ने कुरा ठूलो भएको तर्क समेत सो क्रममा पेश गरे ।  नेपाली समाजलाई कांग्रेसले नै सम्हाल्ने दाबी गरेका उनले थपे, ’हामी उत्तेजनामा आएर पनि हुँदैन। हामीले भड्काउवादी कुरा गरेर पनि हुँदैन। नैराश्यताको कथा भनेर पनि हुँदैन, भागेर पनि हुँदैन। हामीले सामना गर्नुपर्छ, हामीले संवाद गर्नुपर्छ, हामीले भरोसा दिलाउनुपर्छ, हामीले समाधान दिनुपर्छ।’

Muktinath Bikas Bank Limited

उनले आफ्नो अभिव्यक्तिमा प्रष्ट संकेत गरेका छन् कि ओली नेतृत्वको सरकार जोगाउनभन्दा समाज जोगाउने दिशामा कांग्रेसको शक्ति प्रयोग हुनेछ । यो सरकार ढले पनि यसले आफ्नो दललाई कुनै फरक पर्ने छैन ।  

प्रचण्डको प्रष्ट खुलासा

विगत केही समयदेखि निरन्तर कांग्रेस र एमालेको गठबन्धन सरकार आन्तरिक खिचातानीकै कारण ढल्ने दाबी पेश गर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले बिहीबार बैंकक जानुअघि कांग्रेस सभापति देउवाले आफूसँग टेलिफोन सम्पर्क गरेको कुरा आफ्ना सांसदहरुसँग खुलाए ।  

बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा बसेको बैठकमा माओवादीका सांसदहरुलाई वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले  गरेका छन्।

बैठकमा सहभागी माओवादीका सांसदहरुसँग प्रचण्डले स्पष्ट रुपमा ओली नेतृत्वको सरकार अब नटिक्ने दाबी पेश गरेका छन् । प्रचण्डलाई उद्धृत गर्दै ती सांसदले भने, ‘यो सरकार धेरै दिन टिक्ने देखिएन । तर हामी अहिले सरकारमा जाने भनेको पनि छैन। केपी ओली प्रधानमन्त्री रहुन्जेल यो व्यवस्थालाई खतरा नै रहन्छ। शेरबहादुरजी बाहिर हुनुहुन्छ। उहाँले बैंकक जाने बेला मलाई फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गर्दै शुभयात्रा भनेको थिएँ । हामी हतारिएर सरकारमा जाने बेला भएको छैन र जाँदैनौ पनि । तर कांग्रेसले साथ मागेको खण्डमा दिन तयार छौं ।'  

कहाँ बिग्रियो कुरा ?

खासगरी ओलीको एकांकी र मनमौजी कार्यशैलीबाट पछिल्लो समय कांग्रेसका शीर्ष नेता तथा सरकारमा सहभागी मन्त्री समेत आजित भएका छन् ।  

सभापति देउवा सकारात्मक रहुञ्जेल ओली ढुक्क भए पनि नेपाल राष्टबैंकको गभर्नर नियुक्तिमा 'छल' गर्न खोजेपछि देउवा समेत ओली नेतृत्वको सरकारको विकल्पको खोजीमा लागेका स्रोतहरु दाबी गर्छन् । ओलीको 'मनमौजी कार्यशैली' र एकपछि अर्को 'अलोकप्रिय' कदमका कारण सरकारप्रति चौतर्फी प्रश्नहरु उठिरहेकोले यही सरकारमा बसिरहँदा राजनीतिक रुपमा 'ठूलो क्षति' हुने भन्दै कांग्रेसभित्रै पनि शीर्ष नेताहरुले यसको खुलेरै विरोध गरिरहेका छन् । पार्टीभित्रबाटै थामिनसक्नु दवाब र विरोध आएपछि त्यसलाई पन्छाएर अगाडि बढ्नुभन्दा बरु वैकल्पिक सरकार गठन गरी आफू नेतृत्वमै सत्ता चलाउने निश्कर्षमा देउवा पुगेका बताइएको छ ।  

यसकै पृष्ठभूमि तयार गर्न देउवाको बैंकक भ्रमण केन्द्रीत रहेको र आवरणमा स्वास्थ्य चेकजाँच भने पनि अन्तर्यमा राजनीतिक भेटघाट नै मुख्य उद्देश्य रहेको स्रोतहरुले दाबी गरेका छन् ।  

बैंककमा देउवा रहँदा त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही दूतहरुले भेटघाट गरेका र नयाँ सरकारको खाका बनाइएको समेत कतिपयको दाबी छ ।  

सम्बन्धित समाचारहरु:

-गभर्नरमा ओलीले च्याँखेदाउ थापेको देउवालाई रिपोर्टिङ, घुमाइफिराई एमालेकै पोल्टामा पार्ने खेल !

-आज गभर्नर नियुक्तिको सम्भावना, प्रधानमन्त्रीले हलो अड्काउँदा गठबन्धनमै खटपटको जोखिम

-भारतीय खेलले बिग्रियो एमाले-कांग्रेसको हिसाबकिताब, गठबन्धन सरकार ढल्ने सम्भावना बढ्यो

-फेरि बजाइँदैछ सरकार ढल्ने ‘बेमौसमी बाजा’, तर यी दुईले नचाहेसम्म सम्भव छैन !

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.