मंगलवार, कार्तिक ३,२०८३ 03:19:51
  • मंगलवार, कार्तिक ३,२०८३ 03:19:51
Global IME Bank Limited

ट्रेड टावरको आईपीओमा २.७५ गुणा बढी आवेदन

Bizshala
ट्रेड टावरको आईपीओमा २.७५ गुणा बढी आवेदन
New Office

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा २.७५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको आईपीओमा ४९ हजार ७९२ वटा आवेदन परेको छ ।  

सिडिएससीका अनुसार कम्पनीको आईपीओमा १० करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको १० लाख ९३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले गत वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गरेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु।१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरेको हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको सेयर निष्कासन बन्द वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी सेयर बाँडफाँड भईसकेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.