सोमबार, असार २,२०८२ 04:01:20
  • सोमबार, असार २,२०८२ 04:01:20
Global IME Bank Limited

आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट

Hyundai Nepal
आम्दानी घट्दा फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड ७० लाखमा सीमित बनेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी समेत १ करोड ८६ लाखबाट घटेर ३६ लाख ३७ हजारमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड १ लाख र सञ्चालन नाफा १० करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५५.५५ प्रतिशतले घटेर ५ करोड ३३ लाखमा झरेको छ । रिजर्भको आकार भने २८ करोड ५४ लाखबाट बढेर ३० करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीको कर्जा प्रवाह बढेको छ भने निक्षेप संकलन घटेको छ । निक्षेप संकलन ६ अर्ब ९६ करोडबाट घटेर ५ अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । कर्जा प्रवाह भने २ करोड २९ लाखबाट बढेर २ करोड ४७ लाख पुगेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमासम्म ३.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७८ प्रतिशत पुगेको छ । वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रहेको कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी ५.०८ रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३३.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०८.६७ गुणा र तरलता अनुपात १८.०६ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.