बिहीबार, असार ११,२०८३ 03:45:40
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:45:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६५ वर्ष उमेर नाघेकालाई गभर्नर बनाउन सर्वोच्चको रोक, भट्टलाई सहजता

Laxmi Sunrise Bank Limited
६५ वर्ष उमेर नाघेकालाई गभर्नर बनाउन सर्वोच्चको रोक, भट्टलाई सहजता

काठमाण्डौ । सर्वोच्च अदालतले अर्थ मन्त्रालयले संशोधन गरेको मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले ६५ वर्षमाथिका व्यक्तिलाई गभर्नर नियुक्त नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड कार्यान्वयन नगर्न भन्दै कारण देखाउ आदेश जारी गर्नुको साथै अल्पकालीन अन्तरिम आदेश जारी थियो । यस विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले संशोधित मापदण्ड कानून विपरित रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । 

सार्वेच्चले गरेको अल्पकालिन आदेशपश्चात गभर्नर नियुक्तिमा गुणाकर भट्टलाई अघि सारिएको भन्दै अदालतमा पुरक निवेदन परेको थियो । उक्त पुरक निवेदनमाथि सर्वोच्चले कुनैपनि आदेश दिएको छैन । यससँगै भट्टलाई गभर्नर नियुक्तिका लागि मार्ग प्रसस्त भएको छ । 

संशोधित मापदण्ड कार्यान्वयन नगर्न र पुरानै मापदण्ड अनुसार गभर्नर नियुक्ति गर्न परमादेश माग गर्दै दिएको रिटमा आज अन्तरिम आदेश जारी भएसँगै अब गभर्नर नियुक्तिमा ६५ वर्ष उमेर कटेका व्यक्ति गभर्नर नियुक्त हुन अयोग्य हुनेछन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.