काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओ तथा कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई वैशाख २१ गतेबाट लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ पदको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
यसअघि गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेबाट लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि उनको नियुक्ति खारेज भएको थियो।
कम्पनीले फेरि इवाहाङलाई नै सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।