बिहीबार, श्रावण १४,२०८३ 11:07:34
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:07:34
Bizshala
Global IME Bank Limited

बीमितको पैसा हिनामिना नगरी प्रतिफल आउने क्षेत्रमा मात्रै लगानी गर्नुपर्छ: कार्यकारी निर्देशक सुवेदी

बीमितको पैसा हिनामिना नगरी प्रतिफल आउने क्षेत्रमा मात्रै लगानी गर्नुपर्छ: कार्यकारी निर्देशक सुवेदी
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमितको पैसा सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको इन्भेष्टमेन्ट कम्पनीको समुद्घाटन कार्यक्रममा बोल्दै सुवेदीले जनताको पैसा सहि सदुपयोग र सुरक्षित हुनुपर्ने बताएका हुन् ।  

नेपाल लाइफले आजदेखि सञ्चालनमा ल्याएको इन्भेष्टमेन्ट कम्पनीलाई शुभकामना व्यक्त गर्दै सुवेदीले बीमितको पैसा हिनामिना नगरी रिटर्न आउने सेक्टरमा मात्रै लगानी गर्न सुझाव दिए ।  

‘‘नेपाल बीमा प्राधिकरण लगानी विविधिकरणको पक्षमा सदैव छ र हुनेछ, तर लगानी विविधिकरण गर्ने भन्दैमा बीमितको पैसा सुरक्षित क्षेत्रमा मात्रै लगानी हुनुपर्छ’ उनले भने, ‘बीमितहरुले दुःख गरेर आर्जन गरेको रकम कम्पनीलाई विश्वास गरेर बीमा गरेको हुन्छ, त्यो रकम बीमकले सुरक्षित राख्न सक्नुपर्छ र सहि क्षेत्रमा मात्रै लगानी गरी सदुपयोग गर्नुपर्दछ ।’

साथै नेपाल लाइफले ५ अर्बको पूँजीमा सञ्चालन गरेको यस कम्पनीले भविष्यमा पूँजी बृद्धि गर्न उनले सुझाव दिए । ‘कम्पनीले आजदेखि इन्भेष्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको छ, भविष्यमा यो सीमित हुनुहुँदैन त्यसलााई कम्पनीले मल्टिप्लाई गर्न सक्नुपर्दछ’ उनले भने, ‘कम्पनी खोलेर मात्रै हुँदैन त्यसलाई कसरी चलाउने भन्ने विषयमा पनि कम्पनीले हेक्का राख्नुपर्दछ, आजदेखि कम्पनीलाई थप दायित्व बढेको छ, यो कुराको कम्पनीले मनन गर्नुपर्छ ।’

साथै समयसापेक्ष विभिन्न टेक्नोलोजी प्रयोग गरेर कम्पनी सञ्चालन गर्न स्ुवेदीले सुभाव दिए । ‘जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएको हिसाबले पनि नेपाल लाइफले इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको छ, यो नयाँ सुरुवात पनि हो’ उनले भने, ‘कम्पनीले विभिन्न टेक्नोलोजी प्रयोग गरेर यो कम्पनी चलाउन सक्ने हो भने अन्य कम्पनीलाई पनि यस्तो कम्पनी स्थापना गर्न प्रेरित हुनेछ ।’

लगानी विविधिकरणलाई जोड दिदै इन्नोभेटिभ सेक्टरमा लगानी गर्न बीमा कम्पनीले प्रस्ताव गरे नेपाल बीमा प्राधिकरण सर्पोट गर्ने उनले बताए । ‘यदि कम्पनीले विभिन्न क्षेत्रको अध्ययन गरी लगानी गर्न प्रस्ताव गर्छ भने प्राधिकरण सदैव यसको पक्षमा हुनेछ’ उनले भने, ‘यो सेक्टरमा लगानी गर्दा यतिउति रिटर्न आउने कम्पनीले विश्लेषण गर्न सक्छ भने प्राधिकरण पनि लगानी नीति परिमार्जन गर्न तत्पर छ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.