आईतवार, असार २२,२०८२ 03:28:22
  • आईतवार, असार २२,२०८२ 03:28:22
Global IME Bank Limited

सेयर बजार ३१% ले बढ्दा १२ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

Hyundai Nepal
सेयर बजार ३१% ले बढ्दा १२ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार ९ महिनामा ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको नौ महिनाको प्रतिवेदनअनुसार यस्तो देखिएको हो ।  

२०८० चैत मसान्तमा २०२५.७१ रहेको नेप्से सूचकाङ्क २०८१ चैत मसान्तमा २६६२.०८ कायम भएको छ । २०८१ चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.४४२५ अर्ब ४० करोड कायम भएको छ । २०८० चैत मसान्तमा बजार पुँजीकरण रु.३२१२ अर्ब १ करोड रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो भनेको १२ खर्ब १३ अर्बले लगानीकर्ताहरुको सम्पति बढेको छ ।  २०८१ चैत मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.