सोमबार, असार २,२०८२ 07:06:03
  • सोमबार, असार २,२०८२ 07:06:03
Global IME Bank Limited

२५१% ले बढ्यो हिमालयन डिष्टिलरीको नाफा, ईपीएस ३२.०८ रुपैयाँ पुग्यो

Hyundai Nepal
२५१% ले बढ्यो हिमालयन डिष्टिलरीको नाफा, ईपीएस ३२.०८ रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफा २५१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७३ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद बिक्री आम्दानी पनि ९८.१६ प्रतिशतले बढेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ७८ करोड करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड रुपैयाँ कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कर्मचारी सुविधा खर्च २२ करोड ८२ लाख, प्रशासनिक तथा अन्य खर्च ७ करोड ४८ लाख, बिक्री तथा वितरण खर्च ३४ करोड ७ लाख रुपैयाँ, वित्त खर्च १२ लाख ८४ हजार रहेको छ ।

अघिल्लो आवमा २८ करोड ६५ लाख रहेको कम्पनीको सञ्चालन मुनाफा ९८ करोड ६७ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ६८.०३ प्रतिशतले बढेर ८८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ६५ करोड र कुल चालु दायित्व ७५ करोड १४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.१३ रुपैयाँबाट बढेर ३२.०८ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२८.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.२८ गुणा र तरलता अनुपात ४.८७ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.