बुधबार, भाद्र २५,२०८२ 10:30:38
  • बुधबार, भाद्र २५,२०८२ 10:30:38
Global IME Bank Limited

आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोको घाटा झनै बढ्यो

Hyundai Nepal
आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोको घाटा झनै बढ्यो

काठमाण्डौ । आम्दानी बढेपनि खर्च नियन्त्रण गर्त नसक्दा छ्‌याङदी हाइड्रोपावरको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड २ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ११८.१२ प्रतिशतले बढी हो ।  अघिल्लो त्रैमासमा कम्पनी १ करोड ४३ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २६.०४ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ३४ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले ५ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ६२ लाख ६१ हजारबाट बढेर ८८ लाख ७४ हजार, हा्रसकट्टी खर्च २ करोड ४४ लाखबाट बढेर ३ करोड ६५ लाख र वित्त खर्च ५ करोड ३ लाखबाट बढेर ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो त्रैमासमा ३ करोड १७ लाख रहेको सञ्चालन मुनाफा ३ करोड २९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ७४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । १ करोड ९५ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ३१ करोड ६० लाख रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १०.३९ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ५३.८८ रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.