सोमबार, असार २,२०८२ 09:02:49
  • सोमबार, असार २,२०८२ 09:02:49
Global IME Bank Limited

दोल्ती पावरको घाटामा ६८% को कमी

Hyundai Nepal
दोल्ती पावरको घाटामा ६८% को कमी
Nabil Bank Limited

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ५८.६५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड २३ लाख घाटा व्यहोरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने १.५२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यो अवधिमा कर्मचारी खर्च तथा प्रशासनिक खर्च र वित्तीय खर्चमा कटौती गरेको छ । कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च १ करोड १८ लाखबाट घटेर २० लाख ५८ हजार र वित्तीय खर्च ६ करोड ९ लाखबाट घटेर ४ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको रिजर्भको आकार भने २० करोड ९४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीले २ करोड अल्पकालिन कर्जा र ६८ करोड १२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड १७ लाख र कुल चालु दायित्व ३ करोड २१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)वार्षिक ३.३३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६०.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६५.६३ गुणा ऋणात्मक कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.