काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले आगामी जेठ ११ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय, विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर,भरतपुर र हेटौडा शाखा, सानिमा कैंकको पोखरा, बुटवल,घोराही, नेपालगञ्ज,विरेन्द्रनगथर,धनगढी र महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी जेठ १९ गते रहेको छ ।