मंगलवार, कार्तिक ३,२०८३ 04:21:22
  • मंगलवार, कार्तिक ३,२०८३ 04:21:22
Global IME Bank Limited

एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच

Bizshala
एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच
New Office

 काठमाण्डौ । एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ ।

 यो अफर शनिबार जेठ ३ गतेबाट शुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म सञ्चालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युव पाउँछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन ।  

 फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

 यस अफर अन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन् । यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन् । त्यसैगरी, कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।  

 ग्राहकले औद्यी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन् । रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । अर्को रु ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्दछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.