आईतवार, फाल्गुन ११,२०८१ 11:17:09
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:17:09
IME remit
Global IME Bank Limited

सुरु भयो सत्ताको फोहोरी खेल: कांग्रेसबाट रविलाई प्रधानमन्त्रीको अफर आएको रास्वपाको दाबी

Hyundai Nepal
सुरु भयो सत्ताको फोहोरी खेल: कांग्रेसबाट रविलाई प्रधानमन्त्रीको अफर आएको रास्वपाको दाबी
Nabil Bank Limited

काठमाण्डौ । एमालेसहितका दलहरुको सहभागितामा बनेको नयाँ सत्ता गठबन्धनले पूर्णता नपाउँदै सत्ताबाट विमुख नेपाली कांगे्रसले खेल्न थालेको आरोप लागेको छ ।  

केन्द्रीय कार्यदलको आजको बैठकबाट प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको कांग्रेसले नयाँ सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको रास्वपा स्रोतले दाबी गरेको छ ।  

नेपाली कांग्रेसका उच्च तहका नेताहरुबाटै नयाँ सत्ता समीकरणलाई फुटाइदिने योजना अनुरुप लामिछानेलाई प्रधानमन्त्रीको तुरुप फालिएको स्रोतको दाबी छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कांग्रेसबाट आफ्ना सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव आएको र यो विषयमा आन्तरिक छलफल सुरु गरिएको रास्वपाका एक पदाधिकारीले जानकारी दिए ।  

नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने कांग्रेसले यदि बाहिर आएजस्तै प्रयास गरेको हो भने त्यो सफल नहुने र रास्वपाले मन्त्रालय बाँडफाँडमा आफ्नो बार्गेन पावर बढाउनका लागि नियोजित हल्ला चलाएको समेत हुनसक्ने अनुमान गरेका छन् ।

तर, कांग्रेसकै नेताहरुले भने रास्वपाले दाबी गरेजस्तो रविलाई प्रधानमन्त्रीको कुनै पनि अफर नगरेको प्रष्ट पारेका छन् । रास्वपाले मन्त्रालय बाँडफाँडमा आफ्नो बार्गेन पावर बढाउन अनर्गल प्रचार गरेका उनीहरुको दाबी छ ।  

नेपाली कांग्रेसको प्रतिनिधिसभामा ८९ सिट छ । रास्वपाको २१ सिट छ । यी दुई दल मिलेको खण्डमा कुल ११० सिट मात्र हुन्छ, जुन बहुमत होइन । २७५ सिट रहेको प्रतिनिधिसभामा बहुमतको सरकार बनाउन १३८ सिट चाहिन्छ । कांगे्रेस र रास्वपा मिलेर नयाँ गठबन्धन बनेको खण्डमा त्यसमा १४ सिट भएको राप्रपा लगायतका दलहरु पनि मिल्नुपर्ने हुन्छ । रास्वपालाई प्रधानमन्त्रीको अफर गरेर कन्भिन्स गरे पनि अरु साना दलहरुलाई पनि कांग्रेसले फकाउनुपर्ने हुन्छ ।  

अर्को एक स्रोतको दाबीलाई आधार मान्ने हो भने कांग्रेसले १० सिट भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको अफर गर्दै प्रस्ताव पठाएको छ । यहीकारण नेपालले हतपत नयाँ सत्ता गठबन्धनमा सहभागी हुन मानिरहेका छैनन् । यही सूइँको पाएपछि मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका छन् ।  

दिनहरु घर्किरहँदा सत्ताको खेल थप रोचक र पेचिलो बन्दै जाने संकेतहरु देखिएका छन् । यो खेलमा भारततर्फका दूतहरु समेत सक्रिय रहेका स्रोतहरु दाबी गर्छन् । नयाँ सत्ता समीकरण फेरि फुटाएर कांग्रेससहितको नयाँ गठबन्धन बनाउन भारतीय दूतहरु सक्रिय छन् । उनीहरुले कांग्रेससहितको समीकरणलाई दिल्लीले कम्फरटेबल ठान्ने बताउँदै आएका छन् । त्यसो हुँदा भारतकै डिजाइनमा रवि लामिछाने र नेपाललाई प्रधानमन्त्रीको अफर गरिएको हुनसक्ने अनुमान गरिएको छ ।  

सांसद किनबेचसम्मको खेल

कांग्रेसले समेत नयाँ ढंगले सत्ताको चलखेल सुरु गरेकै हो भने साना दलका सांसदहरुको भाउ बढ्ने देखिएको छ । विगतमा समेत नेपालमा सत्ताको खेल हुँदा सांसद किनबेचका घिनलाग्दा श्रृंखलाहरु देखिएका थिए । विकसित घटनाक्रम हेर्दा साना दलका सांसदहरु आफ्नो पक्षमा पार्नका लागि सत्ता, पददेखि पैसासम्मको खेल राम्रै हुने अनुमान गर्न सकिन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.