काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२४.४४ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५४८.८७ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।