बुधबार, भाद्र ३,२०८३ 09:28:13
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:28:13
Bizshala
Global IME Bank Limited

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप ५% सम्मको छुट

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप ५% सम्मको छुट
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र बिगत ८ वर्षदेखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट  सेवा दिदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ ।

Bizshala
CG Motors

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपिडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण,MIFURF, MNRF सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमाथप २.५ प्रतिशत छुट पाउनेछन् ।  

एससीटीको हाल सदस्यहरू ५ ’क’वर्गका बैंक, ६’ख’वर्गका  बैंक, ११ ’ग’वर्गका  बैंक र १०० प्लस सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थीच्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी–युपिआइ कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको जनाइएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.