काठमाण्डौ । गभर्नर सिफारिस समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले राष्ट्र बैंकको १८ औँ गभर्नरका लागि विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो ।
गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्री विष्णु पौडेल संयोजक आज अर्थमन्त्रालयमा बसेको थियो । सिफारिस भएका पौडेल अर्थशास्त्री तथा नेपाली नेपाली काङ्ग्रेसका कार्यकर्ता हुन भने नीलम ढुंगाना कायममुकायम गभर्नर र दिनेश भट्टराई पूर्वसचिव हुन् ।
गत चैत १० गते पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको गभर्नर सिफारिस समिति गठन भएको थियो । आज मन्त्रिपरिषदको बैठक समेत बस्दैछ । सोही बैठकबाट सरकारले सिफारिस भएका ३ जनामध्येबाट राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्नेछ ।