बिहीबार, असार ११,२०८३ 06:37:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:37:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको ईभी प्लान्ट, कुल उत्पादन २.८६ करोड युनिट

Laxmi Sunrise Bank Limited
थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको ईभी प्लान्ट, कुल उत्पादन २.८६ करोड युनिट

काठमाण्डौ । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ ।  

आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियनप्लान’अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्शाउँछ । रायोंग प्लान्टमा अत्याधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालिन सप्लाई चेन रहेको छ । जहाँबाट चांगानको ग्रिनर स्मार्ट कारको उत्पादन मात्र नभई विश्वव्यापी अपरेसन पनि हुनेछ ।

चांगानको पहिलो अन्तर्राष्ट्रिय इभी हबमा उत्पादन भएका कारको विक्री वितरण दक्षिणपूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका र युराएसिया बजारमा हुनेछ । यो प्लान्टको क्षमता हाल लाई वार्षिक एक लाख युनिट रहेको छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्याइनेछ ।

New Office
CG Motors
Garima Development Bank

सन् २०२३ मा थाइल्यान्डमा चांगान ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट बिक्री भइसकेको छ र यहाँको ‘टप फोर एनईभी ब्रान्ड’ बन्न सफल भएको छ । राइट ह्यान्ड ड्राइभ दिपल एस ०५ रोल आउट गर्दै चांगानको नयाँ प्लान्टको उद्घाटन भएको हो । यो मोडेल केही समयमै नेपालमा सार्वजनिक हुँदैछ । योसँगै चांगानको कुल उत्पादन २ करोड ८५ लाख ९० हजार युनिट पुगेको छ ।

३ लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिंग, पेन्टिंग, एसेम्ब्ली, इन्जिन र ब्याट्री प्रडक्सन गरी पाँच वर्कसप रहेका छन् । यसको वातावरणमैत्री डिजाइनले डे–लाइट, सौर्य उर्जा रपानीको पुनःप्रयोग गर्छ । अत्याधुनिक अटोमेसन र एडाप्टिभ सिस्टमले विश्वबजारको मागअनुसारको उच्च गुणस्तरको उत्पादन प्रत्याभुत गर्ने कम्पनीले जनाएको छ । यो प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका इभीउ त्पादन हुनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चांगानको विश्व नीति हालको ट्रेन्डहरु दीर्घकालिनता(सस्टेनेबिलिटी) र स्थानीयकरण (लोकलाइजेसन)मा आधारित छ । दुई वर्षअघि थाइल्यान्डमा सार्वजनिक भएपछि चांगानले निकै लोकप्रिय दिपल एस०७ र अवतार ११ समेत गरी सात वटा मोडल लन्च गरिसकेको छ । रायोंग प्लान्टले चांगानको ४१ वर्ष कार उत्पादनको अनुभवलाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

चांगानका अध्यक्ष जु हुरोंगले विश्व चुनौतीका बाबजुत स्थानीय इकोसिस्टम बनाउनेमा प्लान्टको महत्वपूर्ण भूमिका हुने बताए । रायोंग प्लान्टले चांगानको अन्तर्राष्ट्रिय ‘न्यु इनर्जी भेहिकल हब’को काम गर्नेछ । थाई समन्वय र चिनियाँ विशेषज्ञताको सम्मीश्रणमार्फत चांगानले आर्थिक वृद्धि र विश्व अटो बजारलाई अघि बढाउने लक्ष्य लिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.