काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुकलगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।