काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी एक्सफेङको सेयरमूल्य यो वर्ष ८० प्रतिशतले वृद्धि भईसकेको छ । नाफामा आएको सुधार र नयाँ–नयाँ मोडल भित्राएका कारण हङकङको सेयर बजारमा सूचीकृत यो कम्पनीको सेयरमूल्य यो वर्ष उछाल देखिएको हो ।
दोस्रो त्रैमासमा अपेक्षा गरेभन्दा बढी आम्दानी गरेका कारण बिहिबार पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ । चीनको उच्च प्रतिष्पर्धात्मक बजारमा कम्पनी एक प्रमुख खेलाडीको रुपमा उदाएको छ ।
पहिलो त्रैमासमा पनि कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको थियो । यो वर्षको पहिलो त्रैमासमा कम्पनीले ९४ हजार ८ युनिट कार डेलिभर गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी हो ।