काठमाण्डौ । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेडमार्फत थाई बजारमा उपलब्ध गराइएको हो। यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाईल्याण्डका लागि एकमात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ।
सेरेस ३ दुई भेरियन्टमा उपलब्ध छः
–सेरेस ३ कम्फर्ट (मूल्यः ६,७०,००० थाईभाट
–सेरेस ३ कम्फर्ट सनरुफ (मूल्यः ६,९९,९०० थाईभाट
एडिसन ईभीकि डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिट पुट्टिफनका अनुसार कम्पनीले थाईल्याण्डमा एउटा केन्द्रीय शोरूम स्थापना गर्ने तयारी गर्दैछ र स्थानीय साझेदारहरूसँग मिलेर विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनामा छ। कम्पनीको सन् २०२५ भित्र देशभर ३० वटा डिलर खोल्ने र एक वर्षमै १,००० युनिट बिक्री गर्ने लक्ष्य रहेको छ।
यो कदमले डीएफएसके र सेरेसको दक्षिण पूर्वी एसियामा बजार विस्तार गर्ने योजनामा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ। सेरेसले स्मार्ट र दिगो प्रविधिमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ। सहज प्रयोग, सहरमैत्री सुविधा र उपयुक्त मूल्यका कारण सेरेस ३ थाई बजारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने अपेक्षा गरिएको छ।
सेरेससेतो, रातो, निलो, कालो र खरानी गरी पाँचवटा रङहरूमा उपलब्ध छ। भित्री भागमा भने ग्राहकहरूको रुचिअनुसार रोज्नका लागि कालो र खैरो गरी दुईवटा विकल्प रहेका छन्।
थाईल्याण्डमा भएको यो सुरुवातलाई सेरेसको ग्लोबल ईभी रणनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। एडिसन ईभी जस्ता अनुभवी साझेदारको साथमा यसब्रान्डले अन्तर्राष्ट्रियबजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लैजान खोजेको देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।