काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटका क्रममा दुवैले देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान प्र्याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहने कुरामा जोड दिए ।
साथै, पूँजी बजारलाई चलायमान र नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ताहरूबाट समयसमयमा उठेका मागहरूलाई उचित सम्बोधन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।