शुक्रबार, फाल्गुन ८,२०८२ 10:50:57
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 10:50:57
Bizshala
Global IME Bank Limited

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न
Shivam Cement

काठमाण्डौ । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्राविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।

यामाहाको काठमाण्डौस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो। प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गरेको यमाहा नेपालले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दिनभरीको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेताहरू यसप्रकार छन्ः  

–विजेताः सुकदेव कुमार माझी – बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोक

–प्रथम उपविजेताः रोनित श्रेष्ठ – तिरुपति अटो प्यालेस, विराटनगर

–दोस्रो उपविजेता (साझा विजेता)ः

–सागर त्वाती – जेएस अटोमोबाइल्स प्रालि, सतुंगल

–बिनोद चौधरी – जीएसएस ट्रेडर्स, लम्की

यी उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धताप्रति आफ्नो समर्पण प्रमाणित गरेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं। यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो।’

कम्पनीका अनुसार यो प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशिल दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि भएको कम्पनीले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.