काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ ।
सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याइएको क्यापिटलले जनाएको छ ।
उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालकदेखि वयस्कसम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ ।
यो योजना फागुन २४ गते देखि फागुन ३० गतेसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकका सबै शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने क्यापिटले जनाएको छ ।