काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा ‘ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’योजना सार्वजनिक गरेको छ ।
सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको जनाएको छ ।
योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा https://demat.jbbl.com.np/Demataccount/registration लिंकमा क्लिक गरी खोल्न सकिनेछ ।
यो योजना फागुन २४ गते फागुन ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने क्यापिटलले जनाकारी दिएको छ ।