बिहीबार, असार ११,२०८३ 12:13:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:13:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल, विभिन्न विभागमा सरुवा र पदस्थापन

Laxmi Sunrise Bank Limited
नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल, विभिन्न विभागमा सरुवा र पदस्थापन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरूको विभागीय जिम्मेवारीमा फेरबदल गरेको छ। गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा गरिएको निर्णयअनुसार तीन जना कार्यकारी निर्देशकको सरुवा तथा एक जनाको नयाँ पदस्थापन गरिएको हो।

दीर्घ रावललाई बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। उनी केही दिनअघि मात्र निर्देशकबाट कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । यसअघि सो विभागको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

यस्तै, मुद्रा व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ। यो विभागमा कायर्यरत पूर्व निर्देशक तुल्सी नेपालको अनिवार्य अवकाश भएपछि उनको स्थान रिक्त रहेको थियो ।  

यसअघि नै राष्ट्र बैंकले अनुसन्धान, मानव संसाधन, बैंकिङ र गभर्नर कार्यालयमा समेत कार्यकारी निर्देशकहरूको जिम्मेवारी परिवर्तन गरिसकेको छ। अनुसन्धान विभागमा रहेका डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको छ भने मानव संसाधन विभागका डा. रामशरण खरेललाई अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, बैंकिङ विभाग सम्हाल्दै आएका विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागमा पठाइएको छ। बैंकिङ विभागमा भने हालै कार्यकारी निर्देशक बनेका डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ।

राष्ट्र बैंकले नेतृत्व स्तरमा गरिरहेका यी सरुवा तथा जिम्मेवारी पुनःव्यवस्थापनहरू संस्थागत कार्यक्षमता र सेवा प्रवाह सुदृढ बनाउन गरिएका कदमका रूपमा हेरिएको छ। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.