• बिहीबार, भाद्र २६,२०८२ 04:39:01
Global IME Bank Limited

आईफोनले जारी गर्‍यो आईओएस १७.४ अपडेट,ब्याट्री हेल्थबारे जानकारी लिन सजिलो हुने

Hyundai Nepal
आईफोनले जारी गर्‍यो आईओएस १७.४ अपडेट,ब्याट्री हेल्थबारे जानकारी लिन सजिलो हुने

काठमाण्डौ । आईफोनले नयाँ फिचर्ससहितको आईओएस १७.४ अपडेट रिलिज गरेको छ । कम्पनीले नयाँ ईमोजी,एप्पल म्युजिक,पोडकास्टसँग सम्बन्धीत क्षमताहरु सहतिको आईओएस १७.४ अपडेट गरेको हो ।  

मुख्य फिचर्सहरु एप स्लाडलोडिङ,तेस्रोपक्ष भुक्तानी गेटवे र सेटिङ थर्ड पार्टी वेब ब्राउजरलाई युरोपेली क्षेत्रका लागि मात्रै उपलब्ध गराइएको छ । अपडेटमा आईफोन १५ सिरिजका लागि ब्याट्रीसँग सम्बन्धीत नयाँ फिचर्स प्रदान गरिएको छ । जसमार्फत आईफोन १५ र आईफोन १५ प्रो मोबाइलका ब्याट्री हेल्थ हेर्न गर्न सजिलो हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रयोगकर्ताहरुले मोबाइल साइकल काउन्ट,उत्पादन तथा र ब्याट्रो एक्टीभेसन डेट हेर्न सक्नेछन् । यसका साथै यसले ब्याट्री हेल्थ तथा ब्याट्रीको अधिकतम क्षमताका बारेमा विस्तृत विवरण समेत प्रदान गर्नेछ ।  

एप्पलले हालै मात्रै आफ्नो आधिकारीक प्रतिवेदनमा आईफोन १५ सिरिजमा प्रयोग भएको ब्याट्री यसअघिका आईफोन जेनेरेशनभन्दा बढी टिक्ने जनाएको थियो । आईफोन १४ र त्यसअघिका आईफोनलाई ५०० चार्ज साइकलपश्चात ८० प्रतिशत चार्ज क्षमता रहने गरी डिजाइन गरिएको थियो । तर आईफोन १५ सिरिजमा भने १ हजार चार्ज साइकलपश्चात पनि ८० प्रतिशत चार्ज क्षमता कायम रहन्छ । जसको अर्थ आईफोन १५ सिरिज ब्याट्री परिवर्तन नगरिकनै लामो समयसम्म टिक्न सक्छ ।  

आईफोन १५ सिरिजको ब्याट्री साइलक चेक गर्न सर्वप्रथम सेटिङमा जानुपर्ने हुन्छ । त्यसपश्चात ब्याट्रीमा गएर ब्याट्री हेल्थ सम्बन्धी जानकारी लिन सकिन्छ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.