एप्पलको क्यामेरासहितको एयरपड्सले देखेको कुरा बुझ्ने
काठमाण्डौ । एप्पलले भविष्यमा क्यामेरासहितका एयरपड्स सार्वजनिक गर्ने तयारी गरिरहेको संकेत देखिएको छ। म्याकओएस टाहो २६.७ को परीक्षणका लागि जारी गरिएको संस्करणभित्र फेला परेको एउटा छोटो भिडियोमा क्यामेरा जडित देखिने नयाँ एयरपड्सलाई भिजुअल इन्टेलिजेन्स प्रविधिसँग प्रयोग गरिएको देखिन्छ।भिडियोमा एयरपड्स लगाएका एक व्यक्तिले एउटा पुस्तक हातमा उठाउँदा प्रणालीले पुस्तकको...

