बुधबार, असार १०,२०८३ 12:52:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:52:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

Laxmi Sunrise Bank Limited
रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण नाजुक रहेको पाइएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदा जाँदै बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको यो कम्पनी बुक विल्डिङ विधिबाट आउने सर्वोत्तम सिमेन्ट पछि दोस्रो कम्पनी पनि हो ।

New Office
CG Motors
Garima Development Bank

बोर्डका निवर्तमान अध्यक्ष हमालले अनिवार्य घरविदा बसेर आएपछि अन्तिमसमयमा कम्पनीलाई हतार हतार आईपीओ निष्कासनको लागि स्वीकृती दिएका थिए । 

चालू आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २४९.४८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँभन्दा तल अर्थात् ९६ पैसा मात्रै छ ।

(हेर्नुहोस तस्बिरमा रातो चार कोठाभित्र) 
तर यहि अवधिमा धितोपत्र निष्कासन सम्बन्धि आह्वानपत्रमा भने कम्पनीको प्रतिसेयर आम्दानी चालू आव २०८०/ ८१ मा ३२.९० रुपैयाँ, २०८१/८२  को ३२.८९ रुपैयाँ र २०८२/८३ को ५३.९३ रुपैयाँ हुने अनुमानित प्रक्षेपण गरेको छ । त्यसैगरि, कम्पनीको नेटवर्थ क्रमशः २५०,२६५ र ३०१ रुपैयाँ छ ।
 

कम्पनीले बुक विल्डिङ विधि मार्फत् योग्यसंस्थागत लगानीकर्ताहरुका लागि बोलकबोलबाट सेयर बिक्रीका लागि धितोपत्र सम्बन्धि आह्वानपत्र प्रकाशित गरिसकेको  छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओमा माघ १०गतेदेखि शीलबन्दी बोलपत्र पेश गर्न सकिने छ। ती लगानीकर्ताहरुले कम्पनीको बोलकबोलमा सहभागी हुन न्यूनतम ६०८ रुपैयाँ र अधिकतम ९१२ रुपैयाँभित्र रहेर शीलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ।

कम्पनीले बोलकबोलमार्फत कट अफ मूल्य तोकिएपछि मात्र सर्वसाधरणलाई १० प्रतिशत कम मूल्यमा सेयर निस्कासन गर्नेछ । 

यस हिसावले हालको न्युनतम ६०८ रुपैयाँको १० प्रतिशतले कम्पनीको आईपीओ अनुमानित रुपमा प्रतिकित्ता ५४७ रुपैयाँ पर्न जाने देखिन्छ ।

यसआधारमा सर्बसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन अनुमानित न्युनतम २५ हजार रुपैयाँभन्दा केहि बढी चाहिने देखिन्छ ।

कम्पनीले कुल १९ लाख २६ हजार ६००  कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोलमा बिक्रीमा ल्याउँदै छ भने सर्वसाधारणको लागि ११ लाख ५५ हजार ९६०  कित्ता सेयर बुक विल्डिङ विधिबाट  ल्याउँदै छ ।
 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.