काठमाण्डौ । भारतको सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले सवारी साधनको मूल्य २ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । ‘इनपुट कस्ट’मा भएको वृद्धिलाई भरपाई गर्न कम्पनीले व्यवसायिक सवारी साधनको मूल्य आगामी अप्रिल १ गतेदेखि २ प्रतिशतले वृद्धि गर्ने जनाएको हो ।
कम्पनीले सवारीको कुन मोडलमा कति प्रतिशत वृद्धि हुने बारे भने केहि खुलाएको छैन । तर व्यक्तिगत मोडल र व्सवसायिक मोडलबीच मूल्यवृद्धिको अन्तर भने फरक हुने जनाइएको छ ।
कमाईका आधारमा भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी टाटा मोटर्सले गत जनवरी महिनामा व्यवसायिक सवारीको मूल्य ३ प्रतिशतले बढाएको थियो ।
केहि दिन अघि टाटा ग्रुपले टाटा मोटर्सलाई व्यक्तिगत र व्यवसायकि गरी दुईवटा सूचीकृत कम्पनीमा विभाजन गर्ने घोषणा गरेको थियो । -एजेन्सी