बुधबार, भाद्र २५,२०८२ 10:19:01
  • बुधबार, भाद्र २५,२०८२ 10:19:01
Global IME Bank Limited

सेबोनको बोर्ड बैठक सम्पन्न, नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक हुने

Hyundai Nepal
सेबोनको बोर्ड बैठक सम्पन्न, नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक हुने

काठमाण्डौ । बिहिबार धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक खुमलटारमा रहेको बोर्ड कार्यालयमा सम्पन्न भएको छ ।  

बोर्ड अध्यक्ष सन्तोषनारायण क्षेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ स्टक एक्सचेञ्जसँग सम्बन्धित नेपाल राष्ट्र बैैकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटिको संयोजकत्वमा तयार भएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले दिएको जानकारी अनुसार आगामी साता नयाँ स्टक एक्सचेञ्जको विषयमा सिवाकोटीको प्रतिवेदन सार्वजनिक हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्ड पुगेको थियो । धितोपत्र बोर्डमा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसमा अर्थ मन्त्रालयबाट सहसचिव महेश बराल , कानून  न्याय तथा संसदिय मामिला मन्त्रालयबाट सह–सचिव बिनोद कुमार भट्टराई , नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवत प्रसाद नेपाल, आईक्यानका उपाध्यक्ष नीलबहादुर सारुमगर , उद्योग वाणिज्य महासंघबाट गोकर्ण अवस्थी र बिज्ञमा भोलानाज ढुङ्गाना रहेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.