मंगलवार, कार्तिक ३,२०८३ 01:24:24
  • मंगलवार, कार्तिक ३,२०८३ 01:24:24
Global IME Bank Limited

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान, विभिन्न ठाउँमा वृक्षारोपण

Bizshala
विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान, विभिन्न ठाउँमा वृक्षारोपण
New Office

काठमाण्डौ । ‘बिट प्लाष्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मासाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०८२ सालजेठ २४ गते शनिबारको दिन मञ्जुश्री पार्क, चोभार, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम गरेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम कीर्तिपुरको मञ्जुश्री पार्क, चोभार वडा नम्बर १४ मा करिब १२८५ विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको बैंकले जनाएको छ ।  

वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापनलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउने र हरेक वर्ष स्मार्ट बचत खाता “१ खाता, १ रुख”अभियानअन्तर्गत रूखहरू रोप्ने प्रण समेत गरे ।  

यस्तै, जेठ २५ गते आइतबारको दिन पनि बैंकले कोशी प्रदेशको विराटनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्वकर्मा चोक वडा नम्बर ८ मा करिब १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकको भनाई छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन तथा सामुदायिक विद्यालय, मठ तथा मन्दिरहरुमा समेत सहयोग गर्दै आएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.