काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आगामी फागुन २७ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।
यो सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले नारायणचौर नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।
सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।