शनिबार, जेष्ठ २,२०८३ 05:49:59
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:49:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च भू–भागको कठिन अफ–रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप बन्यो टुनल्याण्ड जी७

Laxmi Sunrise Bank Limited
उच्च भू–भागको कठिन अफ–रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप बन्यो टुनल्याण्ड जी७
Shivam Cement

काठमाण्डौ । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जी७ ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ(रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको हो। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ।

टुनल्याण्ड जी७ ले नेपालका सबै भन्दा कठिन भू–भागहरू सफलतापूर्वक पार गरेको छ। यो यात्रा दार्चुलाको हिकिला (१,९६७मिटर(, पर्वतको फलामे (२,३२५मिटर), इलामको सन्दकपुर (३,६३६मिटर), कर्णालीको जुम्ला (२,५१४मिटर), मनाङको खाङसार (३,७५६मिटर), ढोरपाटन (३,९००मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६०मिटर) र संखुवासभाको गुफापोखरी (२,८९०मिटर) लगायतका उच्च भू–भाग र दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो।यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्चीबाटाहरू रहेका थिए। टुनल्याण्ड जी७ ले ती सबै गन्तव्यलाई सफलतापूर्वक पार गरेको र तिनीहरूको पूर्णक्षमता अनुभव गर्ने अहिलेसम्म कै उत्कृष्ट ४÷४ अफ–रोडपिक अप बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।

Bizshala
New Office
CG Motors

यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। आर१८ टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गरेको थियो। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो।

बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड जी७ भित्रचाहिँ विलासी र आरामदायी छ। यसमा प्यानोरामिक सनरुफ, तातो÷चिसो हुने १२–तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

२३ दिने यो यात्रा टुनल्याण्ड जी७ को एक वर्षे परीक्षणको हिस्सा थियो । यो यात्राले टुनल्याण्ड जी७ केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखाएको कम्पनीले उल्लेख गरेको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.