मंगलवार, भाद्र २,२०८३ 03:30:40
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 03:30:40
Bizshala
Global IME Bank Limited

नवीकरणको भरमा चल्न थाल्यो जीवन बीमा कम्पनीको व्यवसाय, प्रथम बीमा शुल्क आर्जन जम्मा १८%

नवीकरणको भरमा चल्न थाल्यो जीवन बीमा कम्पनीको व्यवसाय, प्रथम बीमा शुल्क आर्जन जम्मा १८%
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसाय नवीकरण बीमा शुल्कले धानेको छ । अधिकांश कम्पनीले नयाँ व्यवसाय बढाउन सकेका छैनन् ।  

चालु आर्थिक वर्षको ७ महिनासम्ममा १४ जीवन बीमा कम्पनीले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा ८१.४५ प्रतिशत अर्थात् ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नवीकरणमार्फत मात्रै संकलन भएको छ ।  

यता नयाँ व्यवसायमार्फत जीवन बीमा कम्पनीले कुल व्यवसायको १८.५५ प्रतिशत अर्थात १६ अर्ब ११ लाख ६ हजार रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । 

Bizshala
CG Motors

गत वर्षको यसै अवधिसम्मको तुलनामा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क ५.७३ प्रतिशतले बृद्धि भएको छ भने प्रथम बीमा शुल्क २.११ प्रतिशतले घट्न पुगेको छ ।  

तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय नवीकरण बीमा शुल्कले धानेको छ । पछिल्लो समय देशको अर्थतन्त्र विस्तारै सुधार हुँदै गर्दा समेत जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन सकेका छैनन् ।  

नेपाल बीमा प्राधिकरणले ग्रामिण भेगका स्थानीयलाई समेत समेटेर बीमाको दायरा बढाउन प्रयास गरेपनि जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बृद्धि हुन सकेको छैन । माघ महिनासम्ममा ४३.१४ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा छन् । यसर्थ ५६.८६ प्रतिशत अर्थात आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् ।  

प्राधिकरणले बीमाको दायरा बढाउन वा स्थानीय तहका जनसंखयालाई समेत बीमामा सामेल गराउन विभिन्न स्थानीय निकायसहरुसँग समन्वय गरेर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ । तरपनि बीमाको दायरा गत वर्षको तुलनामा १.५६ प्रतिशतले घट्न पुगेको छ ।  

यता जीवन बीमा कम्पनीहरुले समेत सोचेजस्तो नयाँ व्यवसाय बढाउन सकिरहेका छैनन् । १४ मध्ये ९ वटा कम्पनीले प्रथम बीमा शुल्क आर्जन गत वर्षको तुलनामा घटेको छ । सर्वाधिक सन नेपाल लाइफको २२.०६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको २६.४६ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ ।  

बाँकी ५ वटा कम्पनीले भने नयाँ व्यवसायमा सुधार गरेको छ । सर्वाधिक नेपाल लाइफले २१.३० प्रतिशतले बढाएको छ । त्यस्तै नेशनल लाइफले १८.७१ प्रतिशत, आइएमई लाइफले ७.५४ प्रतिशत, एशियन लाइफले ६.३३ प्रतिशत र मेट लाइफले २.७३ प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् ।  

यता नवीकरण बीमा शुल्क भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको बढेको छ । सर्वाधिक प्रभु महालक्ष्मी लाइफले २८.६५ प्रतिशतले नवीकरण बीमा शुल्क बढाएको छ ।  

आर्थिक मन्दीका कारण अधिकांश जीवन बीमा कम्पनीले नयाँ व्यवसाय बढाउन नसकेको जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बताए । विस्तारै अर्थतन्त्र सुधार हुँदै गएपनि जीवन बीमा कम्पनीको नयाँ व्यवसाय बढ्न समय लाग्ने पौडेलले बताए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.