बिहीबार, असार ११,२०८३ 01:12:09
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:12:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

Laxmi Sunrise Bank Limited
आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको जनाएको छ ।  

राष्ट्र बैंकले रु.१० दरको साविककै आकार तथा रङ्गमा सङ्केत नं. ३२०००००१ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याएको हो ।  

New Office
CG Motors
Garima Development Bank

यो नोटका विशेषताहरु निम्नानुसार छन्ः  

नोटको अग्र भागमाः

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको  

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको  

४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “विसं २०८१” लेखिएको  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नोटको पृष्ठ भागमाः

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको  

२. नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको

३. नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “ RUPEES TEN” लेखिएको  

४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा “2024 A.D.” लेखिएको  

यस अघि २०७७ साल मंसिर १० गतेदेखि रुपैंया १० दर (सिरिज २०२०)  को बैंकनोट सङ्केत नं. ढ ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ३०००००१ देखि ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.