काठमाण्डौ । विजय लघुवित्तले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २४ हजार ४२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र काभ्रेमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ ।
विद्यमान संस्थापक सेयरधनीहरुले निर्धारित समयभित्र आवेदन नदिएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।