बिहीबार, असार ११,२०८३ 12:13:24
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:13:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालको साइबर सुरक्षा रणनीतिः वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

Laxmi Sunrise Bank Limited
नेपालको साइबर सुरक्षा रणनीतिः वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

काठमाण्डौ । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउनका लागि एउटा महत्वपूर्ण पहल स्वरूप, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघका वरिष्ठ उपाध्यक्ष तथा अग्रणी साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीबी अधिकारीले यो रणनीतिक खाकाको परिकल्पना गरेका हुन्।

New Office
CG Motors
Garima Development Bank

यो रोडम्यापले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी)र सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूबीचको सशक्त सहकार्यलाई झल्काउँछ।कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईसीटी विज्ञ तथा सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्डइनोभेसनका अध्यक्ष डा. शालिग्राम पराजुली, महासचिव डा. भोजराज घिमिरे, र सचिव बन्दना शर्माले अनुसन्धान र विकासमार्फत साइबर अपराध न्यूनीकरणमाको अपरिहार्य भूमिका बारे प्रकाश पारे।सोही क्रममा, क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले नेपालमा साइबर सुरक्षा सुदृढ पार्न क्यान महासंघको प्रतिबद्धता व्यक्त गरे।

इन्फर्मेसन सेक्युरिटी रेस्पोन्सटिम नेपालका उपाध्यक्ष तथा इनसाइट टेक्नोलोजीका सीईओ सुमन शर्माले नेपालमा स्थापना हुन लागेको फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्सटिमको निर्माण र संयुक्त रूपमा साइबर घटनाहरू व्यवस्थापनमा एनपीसर्टको भूमिका बारे चर्चा गरे।एनपी सर्टकी बोर्ड सदस्य रोजिना डाँगीले युवावर्गलाई लक्षित गरी बृहत साइबर सुरक्षा सचेतना र शिक्षा अभियान चलाउनु पर्नेमा जोड दिइन्, जसले राष्ट्रिय दृष्टिकोणमा परिवर्तन ल्याउन मद्दत गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.