शनिबार, जेष्ठ २,२०८३ 04:34:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:34:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ ।

लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ। नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ । नेपालको सन्दर्भमा विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्न सफल भएको छ ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा १५० भन्दा बढी विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए । कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो। त्यसपछि लक्ष्मी कमर्शियल भेहिकल्सका बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता र क्षमताबारे जानकारी गराएका थिए।

ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीको उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रको सन्दर्भमा एसएमएल इसुजु ब्रान्डप्रति विश्वास अझ सुदृढ भएको कम्पनीले जनाएको छ । भविष्यमा पनि यस्ता ग्राहकमुखी कार्यक्रम मार्फत ग्राहकहरूलाई एसएमएल इसुजु गुणस्तर, सेवा र बिक्रीपछिको सेवाको बारेमा जानकारी गराइँदै जाने लक्ष्मी कमर्शियल भेहिकल्सको योजना रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.