काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको संस्थापक सेयर बिक्रीमा राखेको छ । केही विद्यमान संस्थापक सेयरधनीहरुले आफूले धारण गरेको सेयर बिक्री गर्न इच्छुक रही सञ्चालक समिति समक्ष निवेदन दिएकाले बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि साविकका संस्थापकहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र लाजिम्पाटमा बैकको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्नेछ । बैंकले सेयर कित्ता संख्या भने खुलाएको छैन ।
आवेदन पेश गर्दा आफूले खरिद गर्न चाहेको सेयर कित्ता र प्रति सेयर रकम खुलाउनु पर्ने बैंकले जनाएको छ । निर्धारित समयसम्ममा कुनै निवेदन पेश नभएमा कानूनबमोजिम भइजाने समेत बैंकले उल्लेख गरेको छ ।