काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले लामो समयदेखि मल्टिपल डीपी माग गर्दै आएका छन । तर यस विषयमा धितोपत्र बोर्डले अध्ययन भईरहेको बताएको छ । यस विषयमा केही समय पहिले एक भएका ब्रोकरहरुबीच अहिले दुई धारमा विभाजित भएका छन् । नयाँ ब्रोकरहरुले मल्टिपल डीपी आवश्यक रहेको बताँउदै आएका छन भने पुराना ब्रोकरहरुले यसको खासै आवश्यकता नरहेको तर्क गर्दै आएका छन् ।
यसै विषयमा धितोपत्र बोर्डस्थित उच्च स्रोतले नयाँ ब्रोकरहरुले मल्टिपल डीपी जति सक्दो छिटो ल्याउन माग गरेको तर पुराना ब्रोकरहरुले रोक्न लबिङ गरेको दाबी गरेको छ । हाल लगानीकर्ताहरुले २ वटा मात्रै डीपी खोल्न मिल्ने अवस्था रहेको छ । तर यहि कारणले लगानीकर्ताहरुले पुरानो ब्रोकरमा खाता बन्द नगरि अरु ब्रोकरमा गएर खाता खोल्न सम्भब देखिदैन । यहि कारण पछि आएका नयाँ ब्रोकरहरले आफ्ना ब्रोकरहरुमा ग्राहक बढ्न नसकेको बताउँदै आएका छन् ।
तर पुराना ब्रोकरहरुले आफ्ना ग्राहक अन्यत्र जान सक्ने भन्दै माल्टिपल डीपी रोक्न लबिङ गरेको पनि खुलासा भएको छ । यस हिसाबले हेर्दा नयाँ र पुराना ब्रोकरहरु एक भएता पनि केही हदसम्म व्यापरिक स्वार्थ देखिन थालेको छ । यदि धितोपत्र बोर्डले मल्टिपल डीपी दिएको खण्डमा नयाँ पुराना ब्रोकरलाई भन्दा पनि मर्चेण्ड बैंकका डीपीहरुलाई प्रत्यक्ष असर गर्ने एक ब्रोकरले दावी गरे । ब्रोकरहरुले जे जस्तो दाबी गरेता पनि मल्टिपल डीपीमा कही न कही ब्यापारिक स्वार्थ वा कारोबारको समस्या भने देखिएकौ नै हुनु पर्छ । हाल लगानीकर्ताहरु लिभरेजमा चल्ने भएको कारण पनि बाहिरको डीपीमा सकेसम्म ब्रोकरहरुले सेयर कारोबार गर्न नै चाँहदैनन् ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले खासगरि, लगानीकर्ताहरुले करोडौको सेयर किनेर अर्को ब्रोकरमार्फत सेयर बेच्न थाले पछि ब्रोकरहरुले मल्टिपल डीपीको माग राख्दै आएको बताउँदै आएका छन् । अध्यक्ष ढकालका अनुुसार हाल ब्रोकरहरुले विश्वासको आधारमा लगानीकर्ताहरुलाई करोडौसम्म कोल्याट्रल दिएका छन् । उनले उदाहरण दिँदै भने, ‘यदि कसैले २५ लाख रुपैयाँ ब्रोकरलाई दिएमा ब्रोकरले विश्वासको आधारमा एक करोडसम्म कोल्याट्रल दिनसक्छ । तर बाहिरको डीपी भएको खण्डमा किनेको सेयर दोस्रो ब्रोकर वा डीपीमा जाने गर्छ । पहिलो ब्रोकरमा पैसा नतिरी लगानीकर्ताले दोस्रो ब्रोकरबाट सेयर बेचेर लगानीकर्ता सम्पर्कविहिन हुने प्रवृत्ति बढेपछि हामीले मल्टिपल डीपीको माग राखेका हौं ।’
हाल सेयर बजारमा लगानीकर्ताले २५ प्रतिशत ग्यारेन्टि राखेर शतप्रतिशत सेयर किन्ने प्रचलन रहेको छ । तर लगानीकर्ताले बाँकी पैसा नतिरिकन दोस्रो ब्रोकरबाट सेयर बेच्न थाले पछि ब्रोकरहरुलाई यस्तो समस्या पर्न थालेको हो ।
हाल सेयर बजारमा एक ब्रोकरबाट सेयर किनेर बीओ–टु–बीओ गर्ने तथा दोस्रो ब्रोकरबाट सेयर बेच्ने प्रचलन बढ्दै गएको ब्रोकरहरुले गुनासो गर्दै आएका छन् ।